काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आइतबार एकसाथ ४ वटा नयाँ शाखा बिस्तार गरी संचालनमा ल्याएको छ । 

बैंकले बाग्लुङ जिल्ला निसी खोलागाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. २ र दैलेख जिल्लागँुरास गाउँपालिका वडा नं. ४ गरी ४ वटा शाखाकार्यालय संचालनमा ल्याएको हो। 

यस बैंकको निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गँुरास शाखाको समुद्घाटन सम्बन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ  पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेमराज ओलीबाट एक भब्य समारोह बीच उद्घाटन भएको हो ।

बैंकका यी शाखाहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।