काठमाण्डौ । एनएमबी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सीमाभित्रै एकैपटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । 

देशका बिभिन्न स्थानीय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो ।

यस शाखा बिस्तार योजनासँगै बैंकको कुल १०८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ९२ एटिएम पुगेको छ भने बैंकको भगिनी संस्था एनएमबी माइक्रो फाइनान्सको ७५ शाखा सञ्जाल समेत गरेर देशका तराई, पहाड तथा हिमाल सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पहुँच बढेको बैंकले जनाएको छ । 

एनएमबी बैंकको नँया शाखाहरुको सुरुवात भएसँगै स्थानीयहरुको वित्तिय सहभागिता भई जीवनस्तरमा समेत साकारात्मक प्रभाव पर्ने र सरल बैकिङ्गको पहुँचमा सर्वसाधारण पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विज्ञप्तिमा उल्लेख छ।