काठमाण्डौ । शाखा बिस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमीटेडले एकैसाथ थप ५ शाखाबाट कारोबार सुरु गरेको छ । 

बैंकले सिरहाको गोलबजार नगरपालिका वडानम्बर ४ मा गोलबजार शाखा, रसुवाको नौकुण्ड गाउँपालिका २ मा नौकुण्ड शाखा, रामेछापको दोरम्बा गाउँपालिका वडानम्बर ३ मा दोरम्बा शाखा, जुम्लाको तातोपानी गाउँपालिका गाउँपालिका ३ मा तातोपानी शाखा र रसुवाको कालिका गाउँपालिका वडानम्बर २ मा कालिकास्थान शाखा बिस्तार गरी संचालनमा ल्याएको हो । 

यसमध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउण्टरलाई स्तरोन्नति गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यी शाखाहरु मार्फत स्थानीय उद्योगी, ब्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् । 

यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११५ पुगेको छ भने बैंकले ४० शाखारहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउण्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।