काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले एकैसाथ ४ ठाउँमा नयाँ शाखा बिस्तार गरेको छ। 

बैंकले सुनसरीको चतरा र झूम्का, मोरंगको रंगेली तथा झापाको चन्द्रगढीमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको हो । 

ती शाखा कार्यालयहरुको छुट्टाछुट्टै समारोहका बीच बैंकको संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गरे । 

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि, स्थानीय व्यवसायी तथा सर्वसाधारणको सहभागिता थियो ।