काठमाण्डौ । सेवाको गुणस्तरीयतामा पछिल्लो समय तीव्र सुधार गर्दै आएको र सबैभन्दा बढी नाफा कमाउने बैंकको रुपमा स्थापित पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले शाखा सञ्जाल विस्तारमा पनि आक्रामक गति लिएको छ ।

यो क्रममा बैंकले बुधबार एकैपटक विभिन्न प्रदेशमा १४ वटा शाखाको काठमाण्डौबाट डिजिटल उद्घाटन गरेको छ । 

एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका १४ वटै शाखाको एकैसाथ उद्घाटन गरेका हुन् । 

बैंकले मोरंगको कर्सिया बजार, झापाको चकचकी, रौतहटको चन्द्रपुर, मकवानपुरको भीमफेदी, महोत्तरीको बलवा बजार र पिपरा, पर्साको पोखरिया, काठमाण्डौको टोखा र कोटेश्वर, नवलपुरको टाँगीकोट, तनहुँको खैरेनीटार, गुल्मीको पूर्तिघाट, कपिलवस्तुको चन्द्रौटा र दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको हो । 

यी १४ नयाँ शाखासहित बैंकको शाखा सञ्जाल संख्या २३६ पुगेको छ ।