काठमाण्डौ । एनआइसी एशिया बैंकले एक साताको अवधिमा १४ वटा नयाँ शाखा स्थापनासँगै औपचारिक रुपमा कारोबार थालेको छ । 

यति छोटो अवधिमा यति धेरै शाखा कार्यालयको औपचारिक उद्घाटन गर्ने संभवत एनआइसी बैंक नै पहिलो वाणिज्य बैंक हो ।

यो बैंकले देशका संभावित हरेक बजार क्षेत्रमा आफ्नो उपस्थिति जनाउने रणनीतिका साथ आक्रामक ढंगले शाखा बिस्तारको कार्यलाई अगाडि बढाइरहेको छ । 

यो क्रममा बुधबार पनि देशका विभिन्न स्थानमा ५ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । 

बैंकले कात्तिक २२ गते बुधबारका दिन दोलखाको भीमेश्वर नगरपालिका वडानम्बर ३ मा चरिकोट शाखा, कैलालीको घोडाघोडी नगरपालिका वडानम्बर १० मा पहलमानपुर शाखा, केराबारी गाउँपालिका वडानम्बर ८ मा केराबारी शाखा, सिरहाको भगवानपुर गाउँपालिका वडानम्बर ४ मा भगवानपुर शाखा र सिरहाकै नरहा गाउँपालिका वडानम्बर ६ मा नरहा शाखाको भिन्ना भिन्नै कार्यक्रम आयोजना गरी औपचारिक उद्घाटन गरेको हो ।

यो बैंकले एक साताको अवधिमै कुल १४ वटा नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार थालेको हो । बैंकले मंगलबार २, सोमबार २, आइतबार ३, गत शुक्रबार एक र बुधबार एउटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित ५ शाखाकार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट सेवा प्रवाह गरिरहेको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।