काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड सेवा बिस्तारमा आक्रामक बन्दै गएको छ । यो क्रममा बैंकले बिहीबार एकैदिन पारेर नयाँ ४ वटा शाखा संचालनमा ल्याएको छ । 

पूजापाठ गरी बैंकले मोरंगको कञ्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक(पोखरा) र कैलालीको अत्तरिया तथा सुखडमा स्थापित शाखाहरु संचालनमा ल्याएको हो । 

ती शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

नेपाली जन माझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखाहरु विस्तार गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गर्दै आएको यस बैंकले प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ७, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ७ तथा सुदुरपश्चिम प्रदेशमा ७ गरी कुल ९३ वटा शाखा कार्यालयहरु संचालन गरिरहेको छ ।