काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडको शाखा बिस्तारको निरन्तरताको रुपमा बिहीबार एकसाथ पोखराको लेकसाइड र कैलालीको अत्तरियामा दुुई शाखाहरु संचालनमा आएका छन् । 

बैंकको लेकसाइडशाखा ९३औं र अत्तरीया शाखा ९४औं हो । यइ दुवै शाखाहरुबाट बिहीबारदेखि नै बैंकिङ्ग कारोवार सुरु भएको छ ।

लेकसाइड शाखाको उद्घाटन पोखराको लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि. र  बैंकका संचालक रामबहादुर भण्डारीबाट र अत्तरीया शाखाको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद र संचालक गौतमप्रसाद खनालले संयुक्त रुपमा गरेका थिए । 

लेकसाइड शाखाको समुद्घाटन कार्यक्रममा पोखारालेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि., संचालक रामबहादुर भण्डारी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र, पोखरा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य यदुनाथ अधिकारी, नेपाल पर्यटन परिषद कास्कीका उपाध्यक्ष भरतराज पराजुली र पोखरा लेखनाथ म.न.पा. वडा नं. ६ का अध्यक्ष जगतबहादुर पहरीले मन्तव्य राखेका थिए । 

त्यसैगरी, अत्तरीया शाखाको समुद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद, बैंकका संचालक  संजिव न्यौपाने, उद्योग वाणिज्य संघ अत्तरियाका अध्यक्ष ललित रोकायाले मन्तब्य राखेका थिए । 

जनता बैंक नेपाल लिमिटेडले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९४ शाखा, २६ शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरुमार्फत करिब ५ लाख ग्राहकलाई सेवा पुर्याउँदै आइरहेको छ । बैंकको हाल रु. ५२ अर्ब ४४ करोड निक्षेप र रु. ४९अर्ब २४ करोड कर्जा कारोबार रहेको छ । बैंकले आ.ब. २०७३/७४ को मुनाफाबाट १४.४ प्रतिशतबोनस शेयर वितरण गरेसगै चुक्तापुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ ।  यससँगै राष्ट्र बैंकले तोकेको पुँजी सीमा पूरा भएको छ ।