काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा एनआइसी एशियाको गति निकै तीव्र देखिएको छ । यो बैंकको आक्रामक बजार बिस्तार रणनीति अनुसार लुम्बिनी अञ्चलमा मात्रै ९ वटा नयाँ शाखाहरु एकसाथ संचालनमा आएका छन् । 

बैंकका अनुसार यो अञ्चल अन्र्तगत नवलपरासी जिल्लाको ४ स्थानहरु गैंडाकोट न.पा. वडा नं. १५ अमरापुरी स्थित अमरापुरी शाखा,  प्रतापपुर न.पा. वडा नं २ गोपीगञ्जस्थित गोपीगञ्ज शाखा, बिनयीत्रिवेणी गा.पा. वडा नं १ दुम्कीबास स्थित दुम्कीबास शाखा र मध्यबिन्दु न.पा. वडा नं. १० अरुणखोला स्थित अरुणखोला शाखा बिस्तार भएका छन् । यस्तै, रुपन्देही जिल्लाको ३ स्थानहरु देवदह न.पा. वडा नं. १२ शंकरपुर स्थित शंकरपुर शाखा, सैनामैना न.पा. वडा नं. ३ मुर्गिया स्थित मुर्गिया शाखा र तिलोत्तमा न.पा. वडा नं. ८ मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा र कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा नगरपालिका वडा नं. १, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलिया स्थित ईमिलिया शाखाको माघ २८ गते भव्य समारोहका आयोजना गरी एक साथ संचालनमा आएका घोषणा गरिएको हो । 

सेवा बिस्तारमा आक्रामक रणनीतिका कारण पछिल्लो समय शाखा बिस्तारसँगै यो बैंकको प्रगति समेत सन्तोषजनक रुपमा अघि बढिरहेको छ । दोश्रो त्रैमासमा बैंकले निक्षेप परिचालन र कर्जा प्रवाहतर्फ कमालको प्रगति हासिल गरेको थियो, जसको मुख्य कारण उसको आक्रामक रणनीति नै मुख्य थियो । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित ९ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु र १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।