काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले दोलखा जिल्लाको सिङ्गटी बजारमा बैंकको शाखा तथा सिन्धुपाल्चोक जिल्लाको सिलढुङ्गामा सीमित बैंकिङ्ग कार्यालय स्थापना गरेको छ । 

सिङ्गटी शाखा दोलखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र बिगु गाउँपालीकाका अध्यक्ष युधिष्ठीर खडकाले संयुक्त रुपमा समुद्घाटन गरेका थिए भने सिलढुङ्गामा सिमिति बैंकिङ्ग कार्यालय लिसंखुपाखर गाउँपालीकाका अध्यक्ष  कमलप्रसाद नेपालले उद्घाटन गरे ।

सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगति तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए । बैंकले निकट भविष्यमा नै सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सीमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने योजना बनाएको छ । 

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट र सिङ्गटी गरी कुल १२ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सीमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १४ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।