काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आन्दोलन थालेको पहिलो दिन सोमबारको कारोबार रद्ध गराउने बिषयमा लविङ सुरु गरेका छन् । 

लाभकरमा आन्तरिक राजश्व विभागले छलछाम गर्न खोजेको भन्दै आन्दोलनमा उत्रिएका लगानीकर्तासँग सम्बद्ध विभिन्न संघसंगठनले सोमबारको कारोबार रद्ध गराउने बिषयमा लविङ थालेका हुन् । 

यो बिषयमा उनीहरुले ब्रोकरहरु, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससीसँग छलफल अगाडि बढाएका छन् । हिजो लगानीकर्ता संघसंगठनको अपीलका बाबजुद बजारमा ४३ करोड बढीको कारोबार भएको थियो । लगानीकर्ता संघसंगठनको आन्दोलनमै धक्का पुग्ने गरी पहिलो दिन गरिएको कारोबार जसरी भए पनि रद्ध गराउने पक्षमा लविङ सुरु भएको एक लगानीकर्ताका नेताले बताए । 

उनका अनुसार सोमबारको कारोबारको सेटलमेन्ट नभइसकेकोले रद्ध गर्न सजिलो छ ।