काठमाण्डौ । बजारमा नेप्से परिसूचक(इण्डेक्स) र कुल कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्यो भने त्यसले आगामी दिनमा बजार मजबुत हुने विश्लेषकहरु बताउने गर्छन । इण्डेक्स र टर्नओभर समानान्तर ढंगले घट्यो भने भविष्यमा बजार अझ घट्ने हो कि भन्ने पीरले सताउने गर्छ । उसो भए सोमबारको बजारको प्रवृतिलाई शुुभ मान्ने कि अशुुभ ? उत्तर सहज छ, सामान्य रुपमा हेर्दा सोमबारको बजार शुुभ संकेत नै छाडेर बन्द भयो । टर्नओभर र इण्डेक्सको समानान्तर वृद्धि केही दिनसम्म जारी रह्यो भने त्यो बजारमा खरीदकर्ताहरुको चाप बढेको र यसले उछाल आउनसक्ने संकेतको रुपमा बुुझ्नुुपर्छ । यो हिसाबले सोमबारको बजारको सकारात्मक प्रवृतिले लगानीकर्तामा थोरै भए पनि आशा जगाएको त छ, तर यसैलाई सम्पूर्ण आधार मानेर भविष्यमा बजारले उछालको गति लिन्छ भनेर सोच्नुु चाहि फेरि मूूर्खता हुुने देखिन्छ । 

आइतबार १०.५ अंकले घटेको बजार सोमबार ८.८४ अंकले बढेर १६०२.६५ अंकको उचाईमा पुुग्यो । १६०० अंकको हाराहारीकै अवस्थामा विगत २ महिनादेखि बजार सामान्य उतारचढावमा घुमिरहेको छ । यो हिसाबले हेर्दा बजार केही सातादेखि स्थिर छ भन्न सकिन्छ । 

सोमबार बित्त समूहमा ०.९५ अंकको झिनो गिरावट आयो भने बाँकी सबै समूह हराभरा भए । वाणिज्य बैंक समूह १० अंकले बढ्दा बिमा समूहमा १५.१ अंकको बृद्धि देखियो । होटल, विकास बैंक र जलविद्युत समूह क्रमशः ६.०७, १०.९ र ७.२७ अंकले बढे । उत्पादनमूलक २१.६९ अंकले बढ्यो भने अन्य समूहमा ४.६३ अंकको बढोत्तरी देखियो । 

'क' वर्गका कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दा सेन्सेटिभ इण्डेक्स १.८९ अंकले बढ्यो भने समग्र कारोबारमा आएको सुधारको प्रतिबिम्ब फ्लोट इण्डेक्समा देखियो, जसको वृद्धि ०.६९ अंकमा सीमित रह्यो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार ५५ करोड ६७ लाखको हाराहारीमा कारोबार भएको बजारमा सोमबार भने ६२ करोड बढीको कारोबार भयो । यो दिन १ सय ४९ कम्पनीका १३ लाख ९१ हजार ८ सय ९० कित्ता सेयर किनबेच भयो । 

सोमबार पनि आइतबार झै स्ट्याण्डर्ड चार्टर्ड बैंकले नै लगानीकर्ता आकर्षित गर्न सफल भयो । यो बैंकको कुल ६ करोड २ लाख बढीको सेयर कारोबार भयो । ४ करोड ८० लाख बढीको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६० लाख बढीको कारोबार गर्यो । सानिमा बैंकले २ करोड ४८ लाखको कारोबार गर्यो भने प्रिमियर इन्स्योरेन्सले १ करोड ७७ लाख बढीको कारोबार गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ७३ लाख, बैंक अफ काठमाण्डूूले १ करोड ७१ लाख बढीको कारोबार गरे । सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले, ४ स्थान बिमा कम्पनी र बाँकी एक स्थान अन्य समूहले कब्जा गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार झै सोमबार पनि आरएसडिसी लघुवित्त बित्तीय संस्थाले नै बढी कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीले वृद्धि भयो । वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडको मूल्य समेत ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

सोमबार सिनर्जी फाइनान्स, गुड्विल फाइनान्स, युनाइटेड फाइनान्स र कर्णाली विकास बैंकले सबैभन्दा धेरै गुमाए । यी चारवटै कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्न पुुग्यो ।