काठमाण्डौ । सोल्टी होटल लिमीटेडले आफ्नो ४३ औं वार्षिक साधारणसभा आगामी मंसिर २८ गते आह्वान गरेको छ । 

कम्पनीले सुन्धारास्थित त्रिभुुवन आर्मी अफिसर्स क्लबमा साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन पारितको प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७३/७४ का लागि सेयरधनीहरुलाई चुक्तापुँजीको ६.०५२६ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पेश हुनेछ । 

यस्तै, संचालक मनोनीत गर्ने संगठित संस्था सेयरधनीहरु बहेकका सेयरधनीहरुबाट तीन संचालक चयनका लागि निर्वाचन समेत हुने होटलले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

विशेष प्रस्तावको रुपमा कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलर्य १५ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव समेत स्वीकृतिका लागि साधारणसभामा पेश हुनेछ । 

होटलले साधारणसभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि २८ गतेसम्म सेयर दाखिल खारेज दर्ता किताब बन्द रहने जनाएको छ । यसको अर्थ मंसिर ३ गतेसम्म यो होटलको सेयर खरीद गरेकाहरुले घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन र मतदान गर्न पाउनेछन् ।