काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटलको खूद नाफामा पहिरो गएको छ । यो होटलको नाफामा ८८.७८ प्रतिशतको पहिरो गई ३ करोड १५ लाखबाट घटेर ३५ लाखमा ३५ हजार सीमित बन्न पुुगेको हो । खूद नाफा मात्र होइन, यो होटलका अधिकांश प्रमुख आर्थिक सूचकको अवस्था दयनीय बन्न पुुगेको छ । 

यो कम्पनीको हाल चुक्तापूँजी ५७ करोड ९१ लख रुपैयाँ रहेको छ । जगेडाकोष ७६ करोड ८४ लाखबाट बढेर ८३ करोड १७ लाख पुुगेको छ।

यो होटलको प्रतिसेयर आम्दानी ६ पैसामा सीमित बन्न पुुगेको छ । प्रतिसेयर नेटवर्थ २४.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०६१.२३ गुणा कायम भएको छ । यो होटलको प्रतिसेयर कुल मूल्य १० रुपैयाँ कायम भएको छ । 

यो होटलले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ।