काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सोल्टी होटल लिमीटेडको खूद नाफा ९७.०७ प्रतिशतले बढेको छ । 

मुख्य व्यवसायमा बिस्तार हुँदा बैंकको नाफा अघिल्लो वर्ष यही अवधिमा ७.६९ करोड रहेकोमा बढेर यो वर्ष १५.१६ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा होटलले ८८ करोड ५ लाख आम्दानी गर्न सफल भएको छ । यो अवधिमा खर्च ६८ करोड ८७ लाख रहेको छ । 

हाल यो होटलको चुक्तापूँजी ६६ करोड ६० लाख रहेको छ भने रिजर्बमा ९२ करोड ३५ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५५ पैसा, प्रतिसेयर नेटवर्थ २३.८७ रुपैयाँ र प्रतिसेयर मूल्य रु. १० कायम भएको छ । 

सोल्टी होटल लिमीटेडले आर्थिक वर्ष २०७४ ७५ को नाफाबाट आफ्ना सेयरधनीलाई १६.३१ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ७३ करोड २६ लाख माथि पुग्नेछ ।