काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १ करोड ९ लाख ९० हजार १३१ कित्ता बोनस सेयर र ११.३१ प्रतिशतले हुन आउने ८ करोड २९ लाख ८ हजार २ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको सञ्चालक समितिले स्वीकृतिका लागि आगामी ४५ औँ वार्षिक साधारणसभामा पेस गर्ने छ ।

बैठकले कम्पनीको वार्षिक साधारणसभाको मिति र स्थान पनि तय गरेको छ । जसअनुसार कम्पनीको वार्षिक साधारणसभा पुस २४ गते नेपाल प्रज्ञा भवन, कमलादीमा हुनेछ ।

यसैगरी बैठकले साधारणसभा प्रयोजनका लागि मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म ३० दिन बुक क्लोज गर्ने निर्ण पनि गरेको छ । यसको अर्थ मंसिर २४ गतेभित्र कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।