काठमाण्डौ । जेफ्टवेयर सोलुसन प्रालिले तयार पारेको विद्यालय व्यवस्थापन सफ्टवेयर ‘जेफएड’ को औपचारिक सुरूवात भएको छ । 

विराटनगरमा आयोजित एक समारोहकाबीच जेफएडको औपचारिक सुरूवात भएको हो ।

विराटनगरको सारंगी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा प्रमुखअतिथि क्यान मोरङका अध्यक्ष तथा नेपाल सूूचना प्रविधि काउन्सिलका सदस्य निर्मल तामाङले केक काटेर जेफएडको बिटा संस्करणको सुुरूवात गरेका हुन् । 

उनले उद्घाटनपछि बोल्दै यस क्षेत्रको सूचना प्रविधिको क्षेत्रमा यस सफ्टवेयरले नयाँ फड्को मारेको बताए । ‘ग्रामीण क्षेत्रका विद्यालयहरूलाइ समेत समेट्ने प्रयास गर्न आवश्यक छ।’ तामाङले बताए । 

कार्यक्रममा जेफ्टवेयर सोलुसनका सिइओ मोहन तबदारले उक्त सफ्टवेयरको विशेषताहरूको बारेमा बताउँदै त्यस नमुना प्रस्तुती दिएका थिए । उनकाअनुसार यस सफ्टवेयर कुनै पनि विद्यालयको प्रशासन संचालनका लागि आवश्यक पर्ने सबै कार्य गर्न सक्षम छ । 

यसले विद्यालय, अभिभावक, विद्यार्थी र शिक्षकबीचको खाल्डोलाइ पुर्ने कार्य गर्ने उनले विश्वास व्यक्त गरे । यसको मद्दतबाट विद्यार्थीको हाजिरी, शुल्क, परिक्षाको रिपोर्ट , शिक्षक कर्मचारीको तलब लगायतको विवरण सबैको व्यवस्थापन गर्न सकिने जानकारी उनले दिए । 

उनकाअनुसार विद्यालयहरूका लागि परीक्षणका लागि पहिलो ३ महिना निशुल्क रूपमा उपलब्ध समेत गराउने बताए । 

जेफ्टवेयरका अनुसन्धान विभाग प्रमुख अनुप न्यौपानेले ३ वर्षको लामो अनुसन्धान र परिश्रमबाट सफ्टवेयर तयार भएको र यसलाई संसारकै उत्कृष्ठ विद्यालय व्यवस्थापन सफ्टवेयर बनाउन लागिपर्ने दाबी गरे ।