काठमाण्डौ । स्टक डिलरले जतिसुकै चुक्तापूँजी भएको कम्पनीको सेयर खरीद गर्न चाहेमा न्यूनतम १ हजार कित्ता खरीद गर्नैपर्ने व्यवस्था हुने भएको छ । 

नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्याविधि २०७७ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । 

कार्यविधिमा एकपटकमा गर्ने सेयर खरीदबिक्रीको परिणाम चुक्तापूँजी अनुसारले समेत वर्गीकरण गरिएको छ । जसअनुसार ८ अर्ब वा सोभन्दा बढी चुक्तापूँजी भएको कम्पनीको सेयर एकपटकमा डिलरले ५० हजार कित्तासम्म, ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्ब रुपैयाँभन्दा कम पूँजी भएको कम्पनीको सेयर ४० हजार कित्तासम्म, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्ब रुपैयाँभन्दा कम पूँजी भएको कम्पनीको ३० हजार कित्तासम्म, १ अर्ब रुपैयाँभन्दा बढी र २ अर्ब रुपैयाँभन्दा कम चुक्तापूँजी भएको कम्पनीको २५ हजार कित्तासम्म मात्र सेयर खरीद गर्न पाइनेछ । 

यस्तै, ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीको २० हजार कित्तासम्म, २० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीको १० कित्तासम्म मात्र सेयर एकपटकमा खरीदबिक्री गर्न पाइने कार्यविधिमा उल्लेख छ । 

स्टक डिलरको काम गर्नेले २० करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न नपाइने नियम समेत बनाइएको छ । 

नागरिक स्टक डिलर कम्पनी भदौभित्र बजारमा आउँदैछ । यस्ता कम्पनीले न्यूनतम १२५० लाख रुपैयाँको सीमाभित्र रही कारोबार गर्न पाउने समेत बताइएको छ । 

कारोबार प्रक्रियामा धितोपत्र व्यापारीले व्यापारिक प्रयोजनका लागि सूचीकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख रुपैयाँ नगद वा बैंक बैंक ग्यारेण्टी धरौटी राख्नुपर्ने र सो धरौटीको ५० गुणासम्मको सीमाभित्र रही कारोबार गर्न सक्ने प्रावधान समेत बनाइएको छ । 

भदौ १ गतेदेखि लागू हुने स्टक डिलर सम्बन्धी कार्यविधि यस्तो छ: