काठमाण्डौ । नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ । 
 
नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएर १ नम्बरमा राखेका हुन् । 
 
‘हामीले भर्खरै स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटरप्रति ग्राहकको रुचीबारे एउटा बृहत अनुसन्धान गरेका थियौं,’ मिडियारिचका निर्देशक मिरेश अधिकारीले भने, ‘यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं ।’ उनले स्कुटरप्रति नेपालीको हेराइमा आमुल परिवर्तन आएको पनि बताए । ‘पहिले स्कुटरलाई फिमेल राइडको रुपमा लिइन्थ्यो, अहिले यसलाई पुरुषले पनि प्रयोग गर्छन् ।’ अधिकारीले थपे ।
 
यसै अवसरमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले सम्पूर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यो हाम्रो लागि ठूलो उपलब्धिको कुरा हो । यामाहा ब्रान्डप्रति ग्राहकले दिनु भएको विश्वास, स्नेह र साथको हामी हृदयदेखि आभारी छौं,’ उनले भने, ‘हामी जे गर्छौं ग्राहकको सुविधा अनि सन्तुष्टिका लागि गर्छौं । हामीबीचको यो सम्बन्ध अबिरल र अटुट रहोस् भन्ने कामना गर्न चाहन्छु ।’
 
एमएडब्लुले सन् १९७५ बाट यामाहाका मोटरसाइकल र ६ वर्षअघिबाट स्कुटरलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इञ्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन, यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउने कम्पनीको दाबी छ ।
 
नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इञ्जिन छ, जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ ।
 
यसैबीच, यामाहाले आजैबाट ‘एसस्कुटर’ नामको अभियान सुरु गरेको छ । मानिसहरुको दैनिकी सहज बनाउन स्कुटरले निर्वाह गरेको भूमिकालाई कदर गरेर एमएडब्लुले यो अभियान थालेको हो। 
 
किन चाहिन्छ ‘स्टाइल’ र ‘कम्फोर्ट’ ?
स्कुटर विशेषगरी युवापुस्ताले रुचाउने साधन हो र यो फिमेल भेहिकल भन्दा पनि ‘युनिसेक्स्युअल भेहिकल’ बनिसकेको छ । आजकलका टिनएजर आफ्ना स्टाइलप्रति निकै सचेत छन् । त्यसैले त आफ्नो स्टाइलसँग म्याच हुने साधन उनीहरु रुचाउँछन् । मिस नेपाल २०१७ निकिता चन्दक स्टाइललाई फेसनसँग मात्र होइन कन्फिडेन्स यानि आत्मविश्वाससँग जोडेर हेर्ने गर्नुहुन्छ । ‘जो स्टाइलिस देखिन्छ उनै सबैभन्दा कन्फिडेन्ट हुन्छन् । कन्फिडेन्स विनाको फेसन फेसन हुँदैन,’ उनी भन्छिन् । 
 
त्यसैगरी, ‘कम्फोर्ट’ भनेको आराम हो । र आरामको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसँग हुने हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण अवाल बताउँछन् । ‘स्कुटर आरामदायी भएन भने यात्रा तनावपूर्ण हुन्छ र तनावपूर्ण यात्रा सुरक्षित कदापी हुन सक्दैन,’ डा. अवालले भने । उनकाअनुसार स्कुटर चलाउँदा बडी पोजिसन राम्रो भएन भने हाडमा असर गर्छ । भन्छन्, ‘बडी पोजिसनिङ राम्रो भएन भने ढाड दुख्ने र कम्मर दुख्ने समस्या निम्तिन सक्छ । र यो समस्या दीर्घकालीन समेत हुनसक्छ ।’