काठमाण्डौ । स्थगन भएको १० महिनापछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज(मंसिर २ गते)देखि ३ लाख कित्ता आइपीओ निश्कासन गरेको छ ।

यसअघि यो कम्पनीले २०७४ माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासनको घोषणा गरेको थियो । तर, माघ ८ गते यो कम्पनीले आइपीओ निश्कासन हुने मिति स्थगन भएको बताएको थियो ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका आइपीओ निश्कासन गरेको हो । आइपीओमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ । 

कुल निश्कासित कित्तामध्ये १२ हजार कित्ता लघुवित्तका कर्मचारी, १५ हजार कित्ता म्युचुअल फण्ड र बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँको उचाईमा पुगेको छ ।