काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले सोमबार(आज)देखि आयोजना प्रभावित लमजुंग जिल्लाका बासिन्दाका लागि १० करोड ६५ लाख रुपैयाँ बराबरको १० लाख ६५ हजार ४ सय १७ कित्ता सेयर निश्कासन गर्ने भएको छ । 

लमजुंग जिल्लास्थित चिटी, धोदानी, बन्सार, नौथर, सिमभञ्ज्यांग, अर्चलबोट गाविसका बासिन्दाका लागि ५ लाख ३२ हजार ७ सय ८ कित्ता र जिल्लाबासीका लागि ५ करोड ३२ लाख ७ सय ९ कित्ता सेयर निश्कासन गरेको हो । 

माघ १७ गतेदेखि खुलेको आइपीओमा आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । सो अवधिमा पनि माग अनुसारको आवेदन नपरे आइपीओ निश्कासनको अन्तिम मिति फागनु १७ लाई तोकिएको छ । 

इच्छुक तथा क्राइटेरिया पूरा भएका लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । ग्लोबल आइएमई क्यापिटल लिमीटेड आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको रुपमा रहेको छ । 

हिमालयन पावर पाटर्नर लिमीटेडको अधिकृत पूँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ७४ करोड ५७ लाख रुपैयाँ रहेको छ । स्थानीयका लागि आइपीओ निश्कासनपछि चुक्तापूँजी ८५ करोड २३ लाख पुुग्नेछ । 

आयोजना प्रभावित स्थानीयबासीका लागि आइपीओ जारी गरेपछि कम्पनीले आम सर्वसाधारणका लागि थप २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयरको निश्कासन गर्नेछ । त्यसपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोडको उचाईमा पुुग्नेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिंग प्रदान गरेको छ । आइपीओपछि कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका सर्वसाधारण र आम सर्वसाधारणको सेयर संरचना अनुपात ७०-१०-२० प्रतिशत कायम हुनेछ । 

यो कम्पनीले लमजुंग जिल्लामा २७ मेगावाटको दोर्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना पश्चिम नेपालमा निर्माण भइरहेका आयोजनामध्ये सबैभन्दा ठूलो हो । 

कहाँ-कहाँबाट दिने आवेदन ?
१.हिमालयन पावर पार्टनर लिमीटेड, आयोजना कार्यालय, लमजुंग । सम्पर्क व्यक्ति र नम्बर : मिथुन बस्नेत, ९८०१२२५२५०६

२.ग्लोबल आइएमई बैंक लिमीटेड, बेंसी सहर बजार लमजुंग । सम्पर्क व्यक्ति र नम्बर:उज्वल पोखरेल, ०६६५२१०३५

३.प्यासिफिक डेभलपमेन्ट बैंक लिमीटेड,भोटेबडार, लमजुंग । सम्पर्क व्यक्ति र नम्बर: उपेन्द्र गुरुंग, ९८५६०४६१९०

४.कैलाश विकास बैंक लिमीटेड, शाखा कार्यालय, बेंसीसहर लमजुंग । सम्पर्क व्यक्ति र नम्बर: प्रदीप पौडेल, ९८५६०३१३०४