काठमाण्डौ । स्थानीय निकायहरुमा समेत बैंकिङ सेवा बिस्तार गर्ने सरकारी नीतिअनुसार हालसम्म सबैभन्दा बढी शाखा एनआइसी एशिया बैंकले स्थापना गरेको देखिएको छ । 

यो बैंकले सरकार तथा नियामक निकायसँग गरेको प्रतिबद्धता अनुसार दुर्गमका स्थानीय निकायसम्म पनि शाखा सञ्जाल बिस्तार गरी उदाहरणीय काम गरेको हो ।

कतिपय बैंकहरुले बैकिङ सेवा बिस्तारको क्रममा शाखा खोल्ने क्रममा आनाकानी गरिरहेको र उनीहरुको शाखा बिस्तारको गति समेत निकै सुस्त रहेको अवस्थामा एनआइसी एशिया बैंक भने आक्रामक ढंगले बैंकिङ पहुँच बिस्तारमा लागेको देखिएको छ । 

एनआइसी एशियाले स्थानीय निकायहरुमा शाखा स्थापना गर्ने नीतिपछि ३४ वटा तहमा सेवा बिस्तारको प्रतिबद्धता व्यक्त गरेको थियो । जसमध्ये २०७५ बैशाखसम्म २७ वटा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गरेकै कारण र अन्य नपुगेको ठाउँमा पुगेका कारण पछिल्लो समय यो बैंकको निक्षेपको आकारमा उत्साहपूर्ण सुधार भएको छ भने ग्राहकहरुको निकै ठूलो आधार रहेका कारण बैंक अन्य सूचकमा समेत बलियो बन्दै गएको देखिन्छ । 

हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवम् ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट स्थापनासँगै एनआइसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भएको छ ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा समेत यो बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यस बंैकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।