काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओको बाँडफाँड आगामी चैत १० वा ११ गते हुने भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका सीइओ मनिष जोशीका अनुसार सकेसम्म आइपीओको बाँडफाँड चैत १० गते नै गर्ने तयारी भइरहेको छ । कुनै कारणले सो दिन नसकिए चैत ११ गते चाहि बाँडफाँड हुने उनले प्रष्ट पारेका छन् । 

यो कम्पनीले फागुन २६ देखि २९ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । 

आइपीओमा मागको तुलनामा ३३ गुणा बढी आवेदन परेको छ । 

कम्पनीले सर्वसाधारणका लागि २ लाख ५२ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । जसमा करिब ३ लाख ३ हजार ४४ जनाले ८३ लाख २७ हजार भन्दा बढी कित्ताका लागि आवेदन दिएका छन् । 

यो कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गरेको हो, जसमध्ये ०.५ प्रतिशतले हुन आउने ४ हजार १४८ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १३ हजार ४८२ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको २ लाख ५२ हजार सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ८ करोड २९ लाख पुग्नेछ । यस्तै, कम्पनीका सर्वसाधारणको सेयर स्वामित्व ३२.५ प्रतिशत र प्रोमोटरको ६२.५ प्रतिशत कायम हुनेछ ।

यो माइक्रोफाइनान्स कम्पनीले हाल १० जिल्लाका २० शाखाबाट आफ्नो कारोबार संचालन गरिरहेको छ ।