काठमाण्डौ । प्राथमिक बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको सेयर खरीदका लागि अचाक्ली आवेदन पर्दै आएको छ । यही क्रममा अर्को माइक्रोफाइनान्स कम्पनीलाई समेत सर्वसाधारण र कर्मचारीका लागि आइपीओ निश्कासन अनुमति दिइएको छ । 

स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडले २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासनको अनुमति पाएको हो ।

कम्पनीलाई धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ निश्कासनका लागि फागुन ३ गते स्वीकृति दिएको हो । 

पहिला यो कम्पनीले २ लाख ४० कित्ता आइपीओ निश्कासन गर्ने भने पनि धितोपत्र बोर्डको निर्देशन अनुसार कित्तामा परिमार्जन री २ लाख ६९ हजार ६३० बनाएको थियो । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी बढेर ८ करोड २९ लाख पुग्नेछ भने सर्वसाधारणको सेयर स्वामित्व संरचना ३२.५ र संस्थापकको ६२.५ प्रतिशत पुग्नेछ ।

धितोपत्रको सार्वजनिक निश्कासन नियमावली अनुसार ३ करोड भन्दा कमको आइपीओ निश्कासन गर्दा क्रेडिट रेटिङ गराउनु पर्दैन । 

यो माइक्रोफाइनान्स कम्पनीले १० वटा जिल्लाका १५ शाखाबाट आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।