काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफामा झन्डै १९७.५० प्रतिशतको छलाङ मार्न सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ६० लाख ३९ हजार रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड २२ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ८४ लाख ६७ हजार रुपैयाँ रहेको थियो। 

तेस्रो त्रैमासमा संस्थाका खुद ब्याज आम्दानी ४ करोड ६९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २ करोड २४ लाख रुपैयाँमा सीमित थियो। यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ।

समीक्षा अवधिमा संस्थाले २३ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले १३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ७५ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले रिजर्भको आकार ३१५.५१ प्रतिशतले बढाएको छ। गत वर्ष ६२ लाख ५३ हजार रुपैयाँ रहेको रिभर्जमा बढेर २ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा संस्थाको चुक्तापुँजी ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ८ करोड २९ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीए) २५.५५ रुपैयाँ र पीई रेसियो २७.१२ गुणा रहेको छ।