काठमाण्डौ । सरकारको पहिलो आधारभूत आम्दानीस्वरुप केही स्पेनी जनताले अतिरिक्त आर्थिक सहायता पाउने भएका छन्। तर यो प्रयासले स्पेनमा व्याप्त रहेको बेरोजगारी र असमानताको स्तर घटाउनेमा भने आशंका गरिएको छ। 

समाजवादी नेतृत्वको गठबन्धन सरकारले गरिब जनतालाई सहयोग पुुर्याउन प्रत्येक वर्ष करिब ३.२९ बिलियन डलर प्रदान गर्ने भएको छ। स्पेन सरकारले ८ लाख ५० हजार परिवार र २५ लाख नागरिकलाई आधारभूत आम्दानी प्रदान गर्ने भएको छ। स्पेनको कुुल जनसंख्या ४ करोड ६० लाख रहेको छ। 

अहिले प्रदान गर्ने भनिएको आधारभूत आम्दानीको निर्णय चुुनावअघिकै प्रतिबद्धता हो तर अहिले कोरोनाभाइरसको प्रभावका कारण यसलाई समयअगावै लागू गर्न लागिएको हो। 

परिवारहरुले उनीहरुको आम्दानी र बालबालिकाको अर्थात आश्रित सदस्यहरुको संख्या हेरेर आर्थिक सहायता पाउनेछन्। सरकारी अधिकारीहरुका अनुुसार एकजना वयस्क नागरिकले कम्तीमा न्यूनतम पारिश्रमिकको आधी हिस्सामात्रै पाउनेछन्। जुुन प्रतिमहिना ११०८ युुरो हुुन आउँछ। तथापि यसको विस्तृत विवरण यो सातामा संसदबाट घोषणा गरिनेछ। 

स्पेन सरकारको यो निर्णयको केही विज्ञहरुले आलोचना गरेका छन्। “मलाई थाहा छैन यो कदमले के समस्याको समाधान गर्छ”, बर्सेलको थिंक ट्यांकका वरिष्ठ सदस्य झासल्ट दरवासले भने, ‘कुुनै पनि काम नगरी घरमै बसेकै आधारमा पैसा दिन हुँदैन।’

यसको साटो कामविहीन बनेका र कर्मचारीलाई तलब प्रदान गर्न नसक्ने कम्पनीहरुलाई राहत प्रदान गर्नुुपर्नेमा उनले सुझाव छ। – एजेन्सी।