काठमाण्डौ । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले आफ्नो नेटवर्क ४५ जिल्लामा बिस्तार गरेको छ । 

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायत नेपाल अधिराज्यका आधिकांश प्रमुख शहरहरुमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको छ । 

यो विस्तारसँगै कम्पनीको फोरजी सेवा अब १९ जिल्लामा, टुजी सेवा २६ जिल्लामा पुगेको कम्पनीले जनाएको छ ।

स्मार्टको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कञ्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ, झापा तथा सुनसरीमा पुगिसकेको छ । 

दश मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुने स्मार्टको सेवा ग्राहकहरुमाझ रुचाइँदै आएको छ । स्मार्टको इन्टरनेट अन्य दूरसञ्चारहरुको तुलनामा अत्यधिक गतिको रहेको कम्पनीको दाबी छ । 

स्मार्ट डाटा सेवाका लागि कम्पनीले फोरजी एलटिई प्रविधियुक्त सेवा प्रदान गरेको छ । 

यो मोबाइल डाटाका लागि संसारमै सबैभन्दा बढी रुचाइएको प्रविधि हो । कम्पनीले नेपालका ग्रामीण भेगहरुमा आफ्नो सञ्जाललाई क्रमशःविस्तर गर्दै गइरहेको छ । 

कम्पनीले आफ्नो गुणस्तरीय, दू्रत सेवा तथा कभरेजद्वारा ग्राहकलाई सेवा प्रदान गरी अगाडि बढाउन आफ्नो लगानी वृद्धि समेत गर्दै आएको छ ।