काठमाण्डौ । कोरोनाभाइरसको प्रभाव विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको घोषणा गरेको छ । विश्वका एक सयभन्दा बढी देश यसको संक्रमणको शिकार भइसकेका छन् । 

अलिकति पनि सावधानी अपनाउने हो यो भाइरसबाट सजिलै बच्न सकिन्छ । यो भाइरस संक्रिमित व्यक्तिसँग ६ फीटको दुुरीमा सम्पर्क भयो भने सर्ने गर्दछ । यसका साथै संक्रिमित व्यक्तिले खोक्दा वा हाच्छ्यू गर्दा निस्कने थुुक र सिँगानको थोपाले सर्ने गर्दछ । संक्रमित व्यक्तिले छोएको सतह र वस्तुु छोएर मुुख वा नाक छुँदा वा चलाउँदा पनि यो सर्ने गर्दछ । 

हामी कुुनै सतह वा वस्तुु चलाएपछि हात नधोएर नै मोवाइल प्रयोग गरिरहेका हुुन्छौ । जसले गर्दा कोरोना सर्ने सम्भावना एकदमै बढी हुुन्छ । त्यसैले स्मार्टफोन प्रयोग गर्दा सावधानी अपनाउनुु पर्दछ । 

स्मार्टफोनबाट फैलनसक्छ कोरोना
एकजना स्वास्थ्य वैज्ञानिकले कोरोनाभाइरस कुुनै पनि माध्यमबाट मानिसमा सर्न सक्ने बताएका छन् । एउटा रिपोर्टले स्मार्टफोनको स्क्रिन पटक–पटक छोइसकेपछि राम्रो संग हात धोएर मात्रै मुुख र नाक छुुनुुपर्ने जनाएको छ । रिपोर्टका अनुुसार स्माटफोनको स्क्रिनको माध्यमबाट पनि कोरोनाभाइरस मानिसमा सर्न सक्छ । 

कोरोनाभाइरस निर्जीव सतहमा करीब १ हप्तासम्म जीवीत रहन सक्छ । संक्रमित व्यक्तिको सिंकान, थुुक वा र्यालबाट यो भाइरस बाहिर आउने गर्दछ । यो भाइरसको सबैभन्दा बढि जोखिम संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आइरहनेलाई हुुने गर्दछ । 

कुुन ठाउँमा कतिबेर जीवीत रहन्छ यो भाइरस? 
अमेरिकाका एकजना डाइरेक्टरको सुुझाव अनुुसार तामा र स्टीलको सतहमा कोरोनाभाइरस २ घण्टासम्म जीवीत रहन सक्छ । त्यस्तै कार्डबोड र प्लास्टिकको सतहमा पनि लामो समयसम्म जीवीत रहन सक्छ । 

एउटा अर्काे रिपोट अनुुसार यो भाइरस मानिसको शरीर बाहिर ९ दिनसम्म जीवीत रहन सक्छ । 

स्मार्टफोनको सतहबाट कसरी निस्तेज पार्ने भाइरस ?
स्वास्थ्य जानकारलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुुसार अल्कोहल वाइपले स्मार्टफोन सफा गर्दा स्मार्टफोनमा रहेको भाइरसलाई निस्तेज पार्न सकिन्छ । यसका साथै उनीहरुले भाइरसबाट बच्न सेनीटाइजरको प्रयोगमा पनि जोड दिएका छन् । 

पर्सनल ग्याजेटलाई कसरी राख्ने भाइरसमुुक्त ? 
१.तीव्र गतिमा फैलने कोरोनाभाइरसको संक्रमणबाट बच्न सार्वजनिक सेवाको प्रयोग सकेसम्म कम गर्ने । जस्तै सार्वजनिक कम्प्युुुटर वा साइबर क्याफेको प्रयोग कम गर्ने । सार्वजनिक शौचालयको प्रयोग नगर्ने । 
२.आफ्नो स्मार्टफोनलाई ह्याण्ड सेनिटाइजरले सफा गर्ने । यस्तो गर्नुुभन्दा अघि फोनलाई स्विच अफ गर्ने । उसो त फोनको सुरक्षाको लागि कुुनै पनि अल्कोहल मिसीएको चिजबाट फोनको स्क्रिन सफा गर्नुु हुुँदैन भनिन्छ, तर ज्यान जोगाउन यस्तो गर्नुु पर्ने हुुन सक्छ । किनकी मानिसको ज्यानभन्दा ठूलो स्मार्टफोन हुुनसक्दैन । स्मार्टफोनको स्क्रिन सफा गर्न ६० प्रतिशत अल्कोहल मिसिएको सेनीटाइजरले प्रयोग गर्न सकिन्छ । 
३.भाइरसबाट बच्न आफ्नो व्यक्तिगत ल्यापटपलाई समेत सफा गर्नुु पर्दछ । यसको लागि सर्व्रप्रथम ल्यापटपलाई बन्द गर्नुु पर्दछ र ६० प्रतिशत अल्कोहल मिसिएको सेनीटाइजर टिस्युु पेपरमा राखेर पुुछ्नुु पर्दछ । 
४.स्मार्टफोन र रुमाललाई एउटै गोजीमा राख्नुुहुँदैन । मोबाइल वा ल्यापटप सफा गरिसकेपछि साबुुनपानीले राम्रोसँग हात धुुनुु पर्दछ 
५. फोन गर्दा सधै एअरफोनको प्रयोग गर्नुुपर्दछ । यसले फोनबाट भाइरस मुुखमा आउनबाट बचाउँछ । एयरफोनलाई पनि सफा गर्न बिर्सनुु हुँदैन। एयरफोन सफा गर्न जुुनसुुकै सेनिटाइजरको प्रयोग गर्न सकिन्छ । कोरोनाभाइरसबाट बच्न कम्तीमा दिनको एकपटक पर्सनल ग्याजेटहरु सफा गर्नुु पर्दछ ।