काठमाण्डौ । स्मार्ट टेलिकम कम्पनीले इजिलोन अफर प्रस्तुत गरेको छ । 

यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स रु.१ वा सोभन्दा कम भएको अवस्थामा *129*10# डायल गरी रु. १० को ब्यालेन्स प्राप्त गर्न सक्नेछन्।

रु. १ वा सोभन्दा कम भएको खण्डमा सहजै लोन प्राप्त गरी आफ्नो कुराकानीलाई निरन्तरता दिन ग्राहकले सकून भन्ने उद्देश्यले यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ । 

यसरी प्राप्त भएको ब्यालेन्स प्रयोग गरी स्मार्टले प्रदान गरेका सेवाहरु प्रयोग गर्न सकिनेछ । 

ग्राहकले फोन गर्न, एसएमएस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन सकिने छ । लोन लिइएको रकम र सेवाशुल्क भने अर्को पटकको रिचार्जबाट कट्टा गरिनेछ । 

ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुनेछन्, तर पुनः लोन लिन भने सकिने छैन । यो सेवा लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनुपर्ने छ । 

यसैगरी स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लगइन अप्सनमा गई आफ्नो मोबाइल नम्बरलाई प्रयोग गरी न्यूनतम शूल्कमा नेटटिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने सुविधा पनि प्रस्तुत गरेको छ ।

यसअन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताका लागि रु. २९, १४ दिनका लागि रु ५२ तथा एक महिना(३० दिन)को लागि रु ८७ तिर्नुपर्नेछ ।