काठमाण्डौ । स्याङ्जाको वालिङका दुई युवकमा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

भारतको नयाँदिल्लीबाट ६ दिनअघि आएका ती युवाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।

यो नतिजासँगै स्याङ्जामा पहिलोपटक कोरोना संक्रमित फेला परेका छन्। स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन।

वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँणले संक्रमित देखिएका दुवै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टिनमा राखिएको जानकारी दिए। उनले दुवैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको बताए।