काठमाण्डौ । कास्कीको नौडाँडास्थित स्पर्स लघुवित्त वित्तीय संस्थाको शाखाले आफ्ना सदस्यहरुका लागि आधारभूत तीनदिने क्रिस्टलका सामानहरु बनाउने तालिम सम्पन्न गरेको छ ।

नौडाँडामामाघ २ गतेदेखि शुरु भई ४ गते समाप नभएको भएको तालिममा वित्तीय संस्थाको २५ वटा केन्द्रका ३० जना सदस्यहरु सहभागी भएका थिए। तालिममा चुरा, पोते, औंठी, टपलगायतका सामग्री बनाउन सिकाइएको थियो ।

समापनका क्रममा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदीप आचार्यले प्रमाणपत्र वितरण गर्दै वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह गर्नुका साथै यस्ता सीपमूलक तालिमहरु आयोजना गरी आम्दानीका स्रोत बढाउन तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्ने गरेको बताए । उनले वित्तीय संस्थाको सञ्चालनमा रहेका २० वटै शाखा कार्यालयहरुमा यस्ता सीपमूलक तालिम सञ्चालन गरिने बताए ।

तालिममा रविना रिजालले प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।