काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमीटेडले निकट भविष्यमै ३ करोड मूल्य बराबरको ३ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

आइपीओ निश्कासनको माग गर्दै स्वदेशी लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

एनएमबी क्यापिट लिमीटेड आइपीओको निश्कासन र व्यवस्थापनमा बिक्री प्रबन्धक तोकिएको छ । 

इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त सन् २०१४ डिसेम्बर २४ देखि संचालनमा आएको थियो । यो संस्थाको अहिले ५ वटा क्षेत्रीय कार्यालय रहेका छन् र यो राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यो  कम्पनी छोटो समयमै राम्रो प्रगति गरेको संस्था हो ।