काठमाण्डौ । सुनसरीको इटहरीस्थित स्वदेशी लघुवित्त बित्तीय संस्था लिमीटेडले आगामी चैत २५ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले ३ करोड मूल्यको ३ लाख कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । धितोपत्र बोर्डले स्वदेशी लघुवित्तलाई चैत ७ गते आइपीओ निश्कासनको स्वीकृति दिएको थियो । 

कम्पनीले बुधबार प्रकाशित गरेको सूचना अनुसार चैत २५ गतेदेखि निश्कासन हुने आइपीओमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म पनि माग अनुसार आवेदन नपरे बैशाख ८ गतेसम्मलाई आवेदन दिने अधिकतम मिति तोकिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने बताइएको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले १२ हजार कित्ता आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता अस्तित्वमा रहेका १० म्युुचुुअल फण्डहरुका लागि र बाँकी २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

स्वदेशी लघुवित्तको आइपीओ निश्कासनमा एनएमबी क्यापिटल लिमीटेड बिक्री प्रबन्धक रहेको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले आइपीओबाट ३ करोड लगानी जुटाउने उद्देश्य बोकेको छ । आइपीओपछि यो कम्पनीको चुक्तापूँजी १० करोड पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । 

आइपीओ जारी भएपछि कम्पनीमा संस्थापक सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ७० ः ३० मा रुपान्तरण हुनेछ । 

कहाँ–कहाँबाट दिने आवेदन ?
१.स्वदेशी लघुवित्त बित्तीय संस्था, इटहरी ८, सुनसरी । सम्पर्क व्यक्ति तथा फोन : संगीता पन्त, ०२५-५८७६२० ५८७६२१

२.एनएमबी क्यापिटल लिमीटेड, नागपोखरी काठमाण्डौ । सम्पर्क व्यक्ति : प्रल्हाद श्रेष्ठ । सम्पर्क फोन : ०१-४४३७९६३

३.एनएमबी बैंक लिमीटेडका शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति  : अनुप ताम्राकार । फोन : ०१-४२४४२६०

४.आस्वाको अनुमति प्राप्त सबै बैंक तथा बित्तीय संस्थाहरु ।