काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ मा खुद नाफा अघिल्लो वर्षको तुलनामा ९७.१८ प्रतिशतले वृद्धि गरेको छ । 

चौथो त्रैमास विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा ७ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले ३ करोड ३३ लाख खुद नाफा आर्जन गरेको थियो । 

संस्थाले खुद ब्याज आम्दानी २३ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षमा १४ करोड ७३ लाखमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ११ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ५ करोड ९२ लाख रुपैयाँमा समीति थियो । 

संस्थाले सम्भावित नोक्सानीका लागि ३ करोड २९ लाख रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो वर्ष १ करोड ३२ लाख रुपैयाँ थियो । 

संस्थाले समीक्षा अवधिमा २ अर्ब २८ करोड ५६ सापटी लिई ३ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको यसै अवधिमा संस्थाले १ अर्ब ४८ करोड २९ लाख सापटी लिई २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ थियो । 

अघिल्लो वर्षको तुलनामा संस्थाले समीक्षा अवधिमा जगेडा कोषमा ७६ हजार रुपैयाँमा सीमित संस्थाको जगेडा कोषको आकार २६७.६६ प्रतिशतले वृद्धि गरी १८ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष जगेडा कोष ५ करोड तीन लाख रुपैयाँको थियो । 

संस्थाको प्रतिसेयर आम्दानी ३९.२७ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १४.७२ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८०.४८ रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य भने १७२०.७५ रुपैयाँ रहेको छ ।