काठमाण्डौ । स्वदेशी लघुवित्तले आफ्ना सेयरधनीका लागि बम्पर लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको बुधबार दिउँसो ३ बजे बसेको संचालक समितिको ७७ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १३.२५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

कम्पनीले सेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक १.७५ प्रतिशत छुट्टै नगद लाभांश वितरणको समेत प्रस्ताव गरेको छ । 

यो प्रस्ताव नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

प्रस्ताव पारित भएमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर, ३ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश र कर प्रयोजनका लागि ४० लाख २५ हजार रुपैयाँ छुट्टै नगद लाभांश वितरण गर्नुपर्नेछ । 

कम्पनीले करसहित चुक्तापूँजीको ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको देखिएको छ । हाल कम्पनीको चुक्तापूँजी २३ करोड रुपैयाँ रहेको छ ।