काठमाण्डौ । आफूलाई स्वदेशी ब्रान्ड तथा विदेशी ब्रान्डको विकल्प भएको दाबी गर्दै आएको पतञ्जलि आयुर्वेद कम्पनीले भने अब विदेशी कम्पनीसँग साझेदार गर्न सम्झौता तयार रहेको खुलासा गरेको छ ।

प्रसिद्ध योगगुरु रामदेवको छत्रछायामा स्थापित यो कम्पनीका सीईओ आचार्य बालकृष्णले हालै भारतको एउटा पत्रिकालाई अन्तर्वार्ताका क्रममा ३–४ वटा विदेशी कम्पनीहरुले पतञ्जलिसँग जोडिन चाहेको खुलासा गरेका हुन् । आचार्य बालकृष्णले जबसम्म पतञ्जलिका उत्पादनहरुमा कसैले छेडछाड गर्दै तबसम्म आफूहरु कुनै बहुराष्ट्रिय कम्पनीहरुविरुद्ध नरहेको स्पष्ट पारेका छन् ।

आचार्य बालकृष्ण आफूहरुको पूरा ध्यान ती विदेशी कम्पनीहरुसँग कसरी डिल गर्ने भन्नेतिर रहेको बताए । यद्यपि उनले ती विदेशी कम्पनीहरुको नाम भने लिन चाहेनन् ।

हालै फ्रान्सको लग्जरी कम्पनी एलएमभीएचले पतञ्जलि आयुर्वैदको सेयर किन्ने इच्छा देखाएको छ ।

त्यसो त पतञ्जलिकै कारण हिन्दुस्तान युनिलिभिर, लोरियल, कोलगेट र डाबरजस्ता कम्पनीको आयुर्वेद उत्पादनहरुमा विशेष ध्यान दिनुपरिरहेको छ । किनकि एक दशकभित्रै पतञ्जलिले भारु १० हजार करोडको पुँजी निर्माण गरेको थियो ।

हालैको रिपोर्टअनुसार पतञ्जलिको आयुर्वेद उत्पादनहरुको रेन्ज बजार हिस्सेदारीमा कमी आइरहेको छ । पतञ्जलि साबुन, कपालमा लगाउने तेल, सर्फ र नुडल्सको बिक्री गत वर्ष जुलाईको तुलनामा यो वर्षको जुलाइमा घटेको छ ।

यता आचार्य बालकृष्णले जीएसटीका कारण आफ्ना उत्पादनहरुको बिक्री घटेपछि पछिल्लो समय सुधार हुँदै गएको दाबी गरेका छन् । – एजेन्सी