काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयरका लागि संस्थाको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५३७.५० रुपैयाँ कायम गरेको छ । मूल्य समायोजनअघि हिजो बिहीबार संस्थाको सेयर प्रतिकित्ता अन्तिम मूल्य ६४५ रुपैयाँ रहेको थियो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश संस्थाको यही मंसिर १६ गते हुने पाँचौँ वार्षिक साधारणसबाट पारित हुँदैछ ।

साधारणसभा र लाभांश पारित प्रयोजनार्थ संस्थाले आज शुक्रबारदेखि बुक क्लोज गरेको छ । यसको मतलब हिजो बिहीबारसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांशको हकदार बन्न पाउनेछन् ।