काठमाण्डौ । स्वदेशी लघुवित्त बित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा निश्कासन गर्न लागेको हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । 

स्वदेशी लघुवित्तले १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । 

बिहीबार एनआइसी एशिया क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा क्यापिटल लिमीटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र  स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनियाले हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एनआइसी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट), सामूहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एनआईसी एशिया क्यापिटलले निःशूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।