काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा स्वदेशी लघुवित्त बित्तीय संस्थाले २ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड १७ लाख  थियो । 

नाफामा सामान्य प्रगति गरेको यो लघुवित्तले अन्य सूचकमा समेत सामान्य मात्र सुधार गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद ब्याज आम्दानी ८ करोड ८७ लाख रुपैयाँ रहेकोमा बढेर यो वर्ष १० करोड ५५ लाखको उचाईमा पुगेकोछ । 

समीक्षा अवधिमा स्वदेशी लघुवित्तले ५करोड ५२ लाख निक्षेप संकलन गरी तथा १  अर्ब ४६ करोड सापटी लिएर २ अर्ब ९५ लाख बराबरको कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष २  करोड ७० लाख निक्षेप संकलन गरी तथा १ अर्ब ६  करोड सापटी लिई १ अर्ब १९ करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो त्रैमासमा संचालन घाटामा रहेको कम्पनी तेश्रो त्रैमासमा भने ३२  लाख  ८६ हजार बराबरको संचालन नाफा आर्जन गर्न सफल भएको छ । 
यो लघुवित्त संस्थाले निस्क्रिय कर्जालाई भने घटाउन सकेन । अघिल्लो आबको यही अवधिमा १.२० प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात बढेर १.५१ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष ८.३१ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर १०.१० प्रतिशत पुगेको छ भने रिजर्बकोषतर्फ कम्पनीले राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म रिजर्बमा २ करोड ६२ लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर ३ करोड ७६ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा स्वदेशी लघुवित्तको प्रतिसेयर आम्दानी(वार्षिकीकृत) २९.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.०९ गुणा कायम भएको छ ।