काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमीटेडले १०० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तोकेको छ । 

यो कम्पनीले भदौ २५ गतेका लागि बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ कम्पनीले जारी गर्न लागेको १०० प्रतिशत हकप्रद भर्नका लागि भदौ २४ गतेभित्र कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको छ । हकप्रदपछि चुक्तापूँजी बढेर २३ करोडको उचाईमा पुग्नेछ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ । 

केयर रेटिङ्स नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।