काठमाण्डौ । जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंग्याउन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।

स्वरोजगारले आउँदो साउन १० गते काठमाण्डौको कमलादीस्थित सीडब्ल्यू रेस्र्टो एन्ड क्याफेमा विशेष साधारणसभा डाकेको हो। सभाले जनकपुर लघुवित्तलाई प्रापित गर्ने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गर्नेछ। 

यसैगरी सभाले यो प्रक्रिया प्रयोजनका लागि मूल्यांकनकर्ताबाट चल–अचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्त प्रतिवेदनका आधारमा र दुवै संस्थाको सञ्चालक समितिको आपसी समझदारीका आधारमा संयुक्त प्राप्ति समितिबाट स्वरोजगारको १०० कित्ता सेयरबराबर जनकपुर लघुवित्तको ७० कित्ता सेयर कायम हुने गरी गरिएको सेयर स्वाप अनुपातलाई पनि अनुमोदन गर्नेछ। 

विशेष साधारणसभाका लागि स्वरोजगारले साउन ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।