काठमाण्डौ । स्वरोजगार लघुवित्त र नागबेली लघुवित्तले निश्कासन गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेडिङ प्रदान गरेको छ । 

इक्राले स्वरोजगारको हकप्रदलाई आइपीओ ग्रेड फोर प्लस तथा नागबेलीको हकप्रदलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको हो ।

नागवेली लघुवित्त वित्तिय संस्था लिमिटेडले निकट भविष्यमै रु.७ करोड ६६ लाख ४६ हजार ३ सय १५ को हकप्रद निश्कासन गर्न लागेको छ । 

यस्तै, स्वरोजगारले लघुवित्त वित्तिय संस्था लिमिटेडले रु.१२ करोड २४ लाख ९७ हजार ७ सय ६० को हकप्रदको जारी गर्न लागेको हो ।

दुवै कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । 

नागबेलीले १ बराबर १ को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै २०७४ माघ २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । 

यस्तै, स्वरोजगारले पनि १ बराबर १को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै २०७४ चैत १६ गते बोर्डमा आवेदन दिएको थियो । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।