काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

कम्पनीको साउन ३१ गते बसेको १७१ औं बोर्ड बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यसैबीच, आइसीएफसी फाइनान्सले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

फाइनान्सको साउन ३१ गते बसेको २३० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

कम्पनीको हालको चुक्तापूँजी ८८ करोड २१ लाख रुपैयाँ रहेको छ । यो हिसाबले ७ करोड ५ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।