काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले कुल चुक्ता पुँजी २६ करोड ९५ लाख १२ हजार २१३ रुपैयाँको २६.७५ प्रतिशत अर्थात ७ करोड २० लाख ९९ हजार ९०७.२२ रुपैयाँबराबरको सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त सेयर लाभांशमा आवश्यक कर प्रयोजनका लागि संस्थाले १.४० प्रतिशत अर्थात ३७ लाख ९४ हजार ७३१.९६ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले जनाएको छ।