काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

आइतबार पत्रकार सम्मेलन आयोजना गरी डा. वाग्लेले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । देउवा सरकारले सत्ताबाट बाहिरिएसँगै उनले समेत राजीनामा दिएका हुन् । 

उनले आइतबार साँझसम्म नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुुझाउने समेत बताएका छन् । 

पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालको प्रगति विवरण पेश गर्दै राम्रो काम गरेको समेत दाबी गर्न भ्याएका छन्  ।