काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लिमिटेडले खुद नाफा ६.०५ प्रतिशतले बढाएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

तेस्रो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा ४८ करोड ५ लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिमा ४४ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८१ करोड २८ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७६ करोड ९० लाख रुपैयाँ थियो। 

यो त्रैमासमा संस्थाले ९ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ७ अर्ब ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भ ३३.२० प्रतिशतले बढेको छ। गत वर्ष ९८ करोड ७९ लाख रुपैयाँ रहेको रिभर्जमा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। 

संस्थाको चुक्तापुँजी समीक्षा अवधिमा ७९ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५०.९५ रुपैयाँ रहेको छ भने पीई रेसियो २२.९९ गुणा रहेको छ।