काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा २ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बिहीबार सार्वजनिक संस्थाको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा ११.१० प्रतिशतले घटेको हो। संस्थाको खुद नाफा अघिल्लो वर्ष २ करोड ४८ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड ५९ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी ७ करोड २७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष ५ करोड ३२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ३६ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले रिजर्भको आकार ३२९.९८ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष ६५ लाख २७ हजार रुपैयाँको रिजर्भको आकार बढेर २ करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको चुक्तापुँजी ७ करोड ६७ लाख रुपैयाँ रहेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.८५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३३.९७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३६.५९ रुपैयाँ रहेको छ।