काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्था समूहतर्फकाट ३ लाख ७७ हजार ४५७.५ कित्ता सेयर लिलामीमा राख्ने भएको छ । 

स्वावलम्बन लघुवित्तले संस्थापक सेयरधनी महिला सहकारी लिमिटेडको नाममा रहेको उक्त परिमाणको सेयर असार ३१ गतेबाट लिलामी खुलाउन लागेको हो । लगानीकर्ताले साउन २९ गतेसम्म लिलामी सेयर उठाउनका लागि शिलबन्दी बोलपत्र पेस गर्न सक्ने छन् । 
 

लगानीकर्ताले प्रतिकित्ता सेयर न्यूनतम ३०० रुपैयाँ र अधिकतम सोभन्दा बढी मूल्यमा बोलपत्र आवेदन पेस गर्न सक्ने छन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता आवेदन दिनुपर्ने छ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन ।
 

संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले लिलामीमा सहभागिता जनाउन सक्नेछन् । 
 

लिलामी सेयरको बिक्री प्रबर्द्धकमा सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बोलपत्र आवेदन फाराम रु १०० नगद भुक्तान गरी काठमाण्डौ कमलपोखरीस्थित सनराइज क्यापिटल लिमिटेड प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 
 

दोस्रो बजारमा हिजो सोमबार स्वावलम्बन लघुवित्तको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८८४ रहेको छ ।