काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको बम्पर लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

संस्थाका अनुसार राष्ट्रबैंकबाट हिजो मंगलबार संस्थाको प्रस्तावित लाभांश स्वीकृत भएको प्राप्त भएको छ। संस्थाले कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाले चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार ४०० रुपैयाँको २६ प्रतिशतले हुन आउने बोनस सेय र १४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृत भएपछि प्रस्तावित लाभांश नेपाल आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।