काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

संस्था गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि शुक्रबारदेखि बुक क्लोज गर्दैछ । यसको अर्थ संस्थाद्वारा प्रस्तावित लाभांशको भागिदार बन्न आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

संस्थाले मंसिर १६ गते आफ्नो पाँचौ वार्षिक साधारणसभा आयोजना गर्दैछ । सभाले नै प्रस्तावित लाभांश अनुमोदन गर्नेछ ।